काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ जना मनोनीत भएका छन् ।
आज (मंगलबार) प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त गरेका हुन् ।
मनोनीत हुनेहरूमा प्रकाश पन्थ (केन्द्रीय सदस्य, नेपाली कांग्रेस एवं पूर्व केन्द्रीय अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ), डा. प्रेमध्वज लामा (अल्पसंख्यक ह्योल्मो समुदाय उपर विद्यावारिधि), विज्ञान प्रसाईं (दुई दशक बेलायत बसेर फर्किएका युवा ‘पब्लिक पोलिसी’ मा स्नातकोत्तर, पूर्व संयोजक, नेपाली जनसम्पर्क समिति बेलायत), रेशम गुरुङ (पूर्व कार्यकारी अध्यक्ष, आदिवासी जनजाति प्रतिष्ठान), सीताराम काफ्ले (कृषि अभियन्ता, अध्यक्ष –मुक्तिनाथ कृषि कम्पनी ), प्रतीक्षा चापागाईं (‘एलजिबिटिक्युआइए’ प्रतिनिधित्व, अंग्रेजी साहित्यमा स्नातकोत्तर), मोहन गजुरेल (मास कम्युनिकेसनमा स्नातकोत्तर) र अनुपा श्रेष्ठ (मास कम्युनिकेसन र पत्रकारितामा स्नातकोत्तर) रहेका छन् ।














