प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  १२ : ४१ बजे