प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्चमा कांग्रेसको रिट



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रतिनिधिसभा नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरिएको हो ।

बिहीबार कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । रिट सर्वोच्चमा पेस भए पनि दर्ता भने भइसकेको छैन ।

प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको हो ।

प्रकाशित मिति : असार २५, २०८३ बिहीबार  १ : ३३ बजे