काठमाडौं । मिटरब्याज विरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु गरेको छ ।
बिहीबार जनकपुरमा फर्जी तमसुक लेखिएको पर्चा जलाउँदै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा मिटरब्याजपीडितहरूले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन् ।
साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौंसम्मको पैदल यात्रा तय गरेको उनिहरुको दाबि छ ।
न्याय मार्चको उद्घाटन गर्दै मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिई अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।
सरकारले आफूहरूसँग पटक-पटक सहमति गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौं आउन लागेको उनले बताए ।














