गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले



काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद भुमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मोटरसाईकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गर्दा उहाँले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताएकी हून् ।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनको आग्रह छ ।

सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भिर नभएको यस्तो नागरिकले आत्माहत्याको बाटो रोज्नुपर्ने अवस्था आएको आरोप पनि लगाइन् । उनले उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : असार २६, २०८३ शुक्रबार  २ : ०७ बजे