काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन् ।
गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उनले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गरे ।
ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो ।
“घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५०औँ वर्ष भइसक्यो। अब हामीले हातले गर्नुपर्छ,” उनले भने।
उनले जनताको सेवा भाषणभन्दा व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै आफू जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न आएको दाबी गरे।
“आफ्नो जनताको सेवा गर्ने ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ,” गृहमन्त्री गुरुङले भने।
उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि समस्या समाधानका लागि टोली बनाएर छलफल गरिरहेको जानकारी दिए।
“हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ,” उनले भने।
गुरुङले संसद्मा सरकारको आलोचना गर्ने सांसदहरूलाई प्रश्न गर्दै जनताको समस्यामा प्रत्यक्ष उपस्थितिको आवश्यकता औंल्याए।














