काठमाडौँ । राजधानीका तीनवटा सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको मुख्य गेट अगाडि निजी नम्बर प्लेट भएका गाडी छाडिएको अवस्थामा भेटिएका हुन्।
ती गाडीहरू कार्यालयभित्र जान आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएको र तिनमा चाबीसमेत नभएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको बताए । ती गाडीहरू कसले र किन त्यहाँ छाडेको हो भन्नेबारे सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।














