मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण



काठमाडौं ,असार ३० । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्रालयले संरक्षण, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्दै जोखिममा रहेका तथा सहयोग आवश्यक पर्ने नागरिकहरूका लागि आवश्यक व्यवस्थापन र सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  ८ : ०७ बजे