प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित



काठमाडौँ, असार ३० । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् ।

मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

आजको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  ३ : ४७ बजे