जनकपुर । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् ।
मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ।
घटनालगत्तै गम्भीर घाइते भएका सहनीलाई स्थानीय र आफन्तको सहयोगमा तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो।
बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिए तापनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप र विशेष उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।














