सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

सत्ता साझेदार दल भएर पनि एमालेले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको उनका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिए।

मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका हून्।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  ३ : ०० बजे