एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता,२० करोड बिगो माग



सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोप छ ।

पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरिएकोको छ भने विभागले पौडेलको बैंक खाताको ६ लाख ३४ हजार रुपैंया जफत गर्न पनि माग गरेको छ ।

यो मुद्दामा ६ जना व्यक्ति र १० वटा कम्पनीलाई मतियारको भूमिकामा संलग्न रहेको आरोप लगाउदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई पनि मुद्दा चलाएको छ ।

व्यवसायी दिपक भट्टसँग विष्णु पौडेलको साँठगाँठ देखिएपछि विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलललाइ पक्राउ गरेको थियो ।

प्रकाशित मिति : असार ३२, २०८३ बिहीबार  ७ : ५२ बजे