काठमाडौं। बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्।
आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ।
काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुकी पौने ४ बजे बौद्ध गेटअगाडि आफ्नो शरीरमा आगो लगाएकी हुन्।
घटनाको जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घाइते गुरुङको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए।














