कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, चालकको मृत्यु



काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो ।

कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दीलिप घिमिरेले जानकारी दिए ।

अहिले आगलागी नियन्त्रणमा लिइएको उनले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : श्रावण ५, २०८३ मंगलबार  १२ : ३२ बजे