सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : श्रावण ७, २०८३ बिहीबार  ११ : ४० बजे