काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेललाई नेपो बेबी भन्दै प्रदर्शन गर्ने पाँच जना पक्राउ परेका छन् ।
शिक्षामन्त्री कार्यक्रममा सहभागी हुन पुगेका बेला कार्यक्रमस्थल बाहिर भेला भएका युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा योग्यता को आधारमा नियुक्ति र नेतृत्व चयन गर्नुपर्ने, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था अन्त्य गर्नुपर्ने तथा उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने माग राखेका थिए। उनीहरूले यी माग उल्लेख गरिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।














