रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् ।

सभापति लामिछाने साउन अन्तिम सातामा चिन भ्रमणमा जाने तयारी रहेको रास्वपा स्रोतले बतायो ।

स्रोतका अनुसार चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल लिएर उनी बेइजिङ जानेछन् ।रास्वपाको उक्त भ्रमण पार्टी–पार्टी सम्बन्ध विस्तार गर्ने उद्देश्यले हुन लागेको बताइएको छ।

भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : श्रावण ७, २०८३ बिहीबार  २ : १० बजे