गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेता मनोनीत



काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पुराना तथा निष्ठावान् नेता गोपालमान श्रेष्ठलाई ‘वरिष्ठ नेता’ बनाएको छ। सभापति गगन थापाले आगामी १२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेका हुन्।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका पूर्वउपसभापति श्रेष्ठ हाल अस्वस्थ भई उपचाररत छन्। पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्‍याभएको ऐतिहासिक योगदानको कदर गर्दै सभापति थापाले यो निर्णय लिएका हुन्।

पूर्वउपसभापति श्रेष्ठलाई पार्टीको माथिल्लो मर्यादामा राख्ने यो निर्णयलाई कांग्रेसभित्र अग्रज नेताहरूप्रतिको सम्मान र आन्तरिक एकता सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : श्रावण ७, २०८३ बिहीबार  ७ : ५४ बजे