एकैदिन तोलामा ५८ सय रूपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा पाँच हजार आठ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार तोलामा चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : श्रावण ८, २०८३ शुक्रबार  ११ : १० बजे