काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा एक हजार ६ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबारभइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।














