डा. केसीको सत्याग्रहलाइ पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलको समर्थन



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सुदृढीकरणकै पक्षमा रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले अस्पताल शीघ्र सञ्चालनको माग राखेर डा। केसीले सुरु गरेको आन्दोलनले विश्वविद्यालयलाई नै बलियो बनाउने उल्लेख गरेका छन्।

‘हाल डा। गोविन्द केसीले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘तर, पुनः विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने खेल भइरहेको देखिन्छ। गेटा अस्पताललाई तत्काल तीन सय बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै शुल्टो र व्यावहारिक बाटो हो। यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्छ।’

प्रकाशित मिति : श्रावण १०, २०८३ आईतबार  ५ : ३९ बजे