काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज मंगलबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।














