नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द



काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्।

चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीमाथि कारबाही तथा सुरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका थिए। आफ्ना माग पूरा नभएपछि चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्।यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ ।

प्रकाशित मिति : श्रावण १२, २०८३ मंगलबार  १ : ४७ बजे