कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन



काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत श्रेष्ठको मंगलबार निधन भएको हो ।

लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सर सँग जुधिरहेका श्रेष्ठको मङ्गलवार ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपश्चात् शवयात्रासहित पशुपति आर्यघाटमा पुर्‍याएर वैदिक विधिअनुसार उनको दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : श्रावण १२, २०८३ मंगलबार  ४ : २३ बजे