सुनसरीको देवानगञ्ज बजारमा फेरि झडप, अवस्था नियण्त्रणबाहिर



विराटनगर । सुनसरीको देवानगञ्ज बजारमा आज (मंगलबार) साझ दोहोरो झडप भएसगै उक्त क्षेत्रको अवस्था करिब नियण्त्रणबाहिर गएको छ ।

प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ।

प्रहरीका अनुसार दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्।

दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले बताए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १२, २०८३ मंगलबार  ९ : ४४ बजे