काठमाडौँ । अर्थमन्त्री डा . स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। उनले समितिलाई आन्दोलनरत पीडितसँग आजै वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई सदस्य सचिव तोकिएको छ।
वार्ता समितिको पहिलो बैठक बिहीबार नै अर्थ मन्त्रालयमा बस्दैछ। बैठकपछि समितिले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्ने जनाइएको छ।














