१५ साउन, काठमाडौं । जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द भएको छ ।
कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर(जनकपुर(भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेश कायम रहेसम्म उक्त खण्डमा रेल सञ्चालन गर्न नसकिने र परिस्थिति सामान्य भएपछि सेवा पुनः सञ्चालन गरिने निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख छ। साथै, यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।
यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।














