काँग्रेस संस्थापन इतर समूहले बोलायो राष्ट्रिय भेला



काठमाण्डौ । नेपालि काँग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला आह्वान गरेको छ ।

शनिवार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसको संस्थापन इतर समूहका नेता डा। शशांक कोईरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गरिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता डा। कोईरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए ।

कोईरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे ।

नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै डा। कोईरालाले यसको प्रत्यक्ष असर नेपाली काँग्रेसमा परेकोले त्यसलाइ चिर्न भेला आह्वान गरिएको दाबी गरे ।

प्रकाशित मिति : श्रावण १६, २०८३ शनिबार  ६ : २३ बजे