काठमाडौं । साताको पहिलो कारोबार दिन (साउन १८) सेयर बजार १.२० अंकले घटेको छ योसँगै बजार सूचक २६८४.३३ विन्दुमा ओर्लिएको छ ।
यस दिन चार अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटकमा खरिद–बिक्री भएको हो ।
एभरेष्ट कलर लिमिटेडको १४.९९, सप्तकोशी विकास बैंकको ९.४४, माहुली लघुवित्तको ७.१६, सागर डिस्टिलरीको ४.२९, श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको ३.७३ प्रतिशतले सेयर मूल्य बढ्यो ।रिलायन्स स्पिनिङ मिल्सको ७.४०, साल्पा विकास बैंकको ४.३१, भगवती हाइड्रोपावर विकास कम्पनीको ३.३६, एलबीबीएल डिबञ्चर २०८९ को ३ प्रतिशत र कामना सेवा विकास बैंक लिमिटेडको २.९९ प्रतिशतले मूल्य घट्यो ।
बजार घट्दा ११७ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














