प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेबाट सुरु भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था तथा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ ।

छलफलमा सुदूरपश्चिम प्रदेशका समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा समेत विचार–विमर्श भइरहेको जनाइएको छ।

प्रकाशित मिति : श्रावण १९, २०८३ मंगलबार  १२ : २६ बजे