नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ



काठमाडौँ, साउन १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाइ एक लाख रुपियाँ घुससहित पक्राउ गरेको छ।

भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिइ घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

काठमाडौँ महानगरपालिका वडा नं १६, बालाजुबाट पक्राउ गरी विशेष अदालतको आदेशबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०८३ मंगलबार  ७ : ५४ बजे