समस्याग्रस्त शिवशिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए रकम फिर्ता



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालअनुसार शिवशिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। रासस

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  ८ : ०१ बजे