काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।









