सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?




काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ६ हजार सात सय कायम भएको छ । मंगलबार एक तोला सुन तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज एक तोला चाँदी चार हजार ७४५ मा कारोबार भइरहेको छ । मंगलबार चार हजार ७८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : श्रावण २७, २०८३ बुधबार  ११ : २० बजे