काठमाडौँ, साउन २८ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।
गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् ।
उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।
उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।









