काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ७।३७ अंकले घटेर २,६४३ को विन्दुमा कायम भएको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार रकम भएको छ । यसको ७० करोड ८७ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२।८३ प्रतिशतका दरले गुमाएका छन् ।









