काथमाण्डौ । नेपाली काँग्रेसका नेता डा। शशांक कोईरालाले १५ औं महाधिवेशनमा सभापतिको लागि इच्छुक भए पनि शेखर उठे सहयोग गर्ने बताएका छन्
शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा भने नरहेको स्पष्ट पार्दै पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।
नेता कोईरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।









