कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले राजधानीमा आयोजना गरेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।

गत शुक्रबारबाट काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।

भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा.प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।

प्रकाशित मिति : श्रावण ३१, २०८३ आईतबार  १ : २० बजे