काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी ‘पहिलो संशोधन’विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
महिलामन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार ‘नियन्त्रण’ ‘पहिलो संशोधन’ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ‘पहिलो संशोधन’ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।









