काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ थियो ।









