काठमाडौं । विशेष महाधिवेशनको माग अस्वीकार गर्दै छुट्टै राष्ट्रिय भेला गरेका नेपाली कांग्रेसका देउवा पक्षीय नेताहरूलाई पार्टी सभापति गगनकुमार थापाले सोमबार जवाफ दिने भएका छन् ।
सानेपामा गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको समापन पनि आजै हुँदै छ । सोही बैठकबाट सभापति थापाले मिराकल पार्टी भेन्युमा संस्थापन इतरपक्षीय नेताहरूले आफूमाथि उठाएका प्रश्नसहित राष्ट्रिय सम्मेलनले जारी गरेको पाँचबुँदे निर्णयबारे पनि जवाफ दिने नेताहरूले बताएका छन् ।









