सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार



काठमाडौं। नेप्सेमा आज सामान्य गिरावट आएको छ।

आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो। आज हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.६३ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  ४ : २३ बजे