काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षमा अदालत प्रवेश गर्न नहुने बताएका छन् ।
सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले अदालतको क्षेत्राधिकार संविधान र कानूनको पालना भए/नभएको व्याख्या गर्नेमा मात्र सिमित हुनुपर्ने उल्लेख गर्दै दलका आन्तरिक विषयमा न्यायपालिकाले संयमता अपनाउनुपर्नेमा जोड दिए ।









