पाँच वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं,भाद्र २ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ ।

मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence”  माथि छलफल, हुने छ ।

यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा १। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० र यसले भोग्नुपरेका समस्याका विषयमा छलफल हुने छ ।

बिहान १०ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुने छ ।

यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक ११ः३० बजे बस्ने भएको छ ।

प्रकाशित मिति : भाद्र २, २०८३ मंगलबार  ८ : ०६ बजे