काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ ।
सोमबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।









