काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।
दुर्घटनामा परेका मध्ये लक्ष्मी बडृुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी, अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र सवारी चालक छुनिलाल चौधरी रहेका छन् ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०र६० मिटर तल खोल्सामा खसेको थियो ।









