काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा)को आन्तरिक बैठक लम्बिएपछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।
दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक रास्वपाको आन्तरिक बैठकका कारण समयमा सुरु हुन सकेको छैन।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।









