सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्।

साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।

विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३१ र विपक्षमा १५ मत परेको जानकारी दिए । प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  ३ : ३५ बजे