अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विद्यालयकर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

शिक्षा क्षेत्रका कर्मचारीहरूको सेवा सुविधामा सुधार गर्दै सरकारले प्रारम्भिक बाल विकास ९ईसीडी० सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको स प्रवक्ता पोखरेलले बताए।

यसका साथै माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलव क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय भएको छ ।

तभस्तै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निणैय गरेको छ ।

तेसैगरि सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : भाद्र ३, २०८३ बुधबार  ६ : ५० बजे