तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा प्रदर्शन,सडक अवरुद्ध



बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् ।

बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

बालिकाको हत्या भएपछि घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : भाद्र ४, २०८३ बिहीबार  १० : ४१ बजे